• १३ साउन २०८१, आइतबार

अवरुद्ध सडकको मर्मतमा जुटे जनप्रतिनिधिहरू

blog

सडक मर्मतमा खटिनुभएका जनप्रतिनिधिहरु । तस्बिर – राजन रावत हुम्ला

राजन रावत 

हुम्ला, कात्तिक १ गते । वर्षासँगै गएको पहिरोले अवरुद्ध बनाएको सडकको मर्मत कार्यमा जनप्रतिनिधिहरू जुट्नुभएको छ । अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले दश दिन भन्दा बढी सडक अवरुद्ध भएपछि आफैँ सडक मर्मतका लागि लागेको बताउनुभयो । उहाँसहितको जनप्रतिनिधिहरूको समूहले सडकमा खसेका ढुङ्गा समेत उठाएर फाल्नुभएको थियो ।

उहाँले कर्णाली कोरिडोरको गल्फागाडबाट गाउँपालिका केन्द्र श्रीनगरसम्म धेरै स्थानमा सडक भत्कने, पहिरोले सडक छोपेको र ठाउँठाउँमा ढुङ्गा खसेका सडक अवरुद्ध भएको कारण मर्मत कार्यमा खटिनुपरेको बताउनुभयो । सडकका खसेका डुुङ्गाहरु फाल्ने कार्य भएको र अब पहिरो बन्छाउने कार्य भइरहेको उहाँले बताउनुभयो ।

एक दुई दिनमा अवरुद्ध सडकको मर्मत कार्य भएपछि गाउँपालिका भित्रको सडक सुचारु हुने बताउनुभयो । सडक १५ देखि २० स्थानमा क्षति पुगेको छ ।

वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडकको मर्मतका लागि गाउँपालिकाका उपाध्यक्ष रोकाया, वडा अध्यक्ष, सदस्य र कर्मचारीहरूको सहभागिता रहेको छ । यसबाट गाउँपालिकाले लगानी भने गर्नुपर्ने छैन ।

वर्षाले सडकलाई क्षति पुर्‍याएको भए पनि अन्य क्षति भने न्यून भएको गाउँपालिकामा अदानचुली पर्छ ।