• १३ साउन २०८१, आइतबार

चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

blog

चोरीको मोटरसाइकलसहित पक्राउ परेका दुईजना ।

लक्ष्मी चौधरी 

जनकपुरधाम, असोज ३१ गते । फरक फरक स्थानबाट चोरी भएको मोटरसाइकलसहित दुईजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धनुषा जिल्लास्थित शहीदनगर नगरपालिका वडा नं. ५ का २० वर्षीय अजित पासवान र सोही जिल्लास्थित जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ का २२ वर्षीय चन्दनकुमार झा छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.१० जानकी मन्दिर अगाडि बाटोको छेउमा पार्किङ गरी राखेको ज. २ प. ७०९९ नं. को स्पलेण्डर मोटरसाइकल चोरी भएको मौखिक जानकारीपछि खटिएको अनुसन्धान टोलीले जनकपुरधाम वडा नं. १ बाट चोरी भएको मोटरसाइकलसहित शहीदनगरका अजित पासवानलाई पक्राउ गरेको हो । 

यस्तै, जनकपुरधाम जटही सडक छलेनको बाटोमा शङ्कास्पद रूपमा ज.१२ प. २७८५ नं. को २२० सि.सि. मोटरसाइकलसहित बसिरहेका झालाई राति खटिएको प्रहरी टोलीले सोधपुछ गरी अनुसन्धान गर्दा सोही दिन राति ११ बजे जनकपुरधाम वडा नं. १३ पिडारी चोकस्थितबाट उक्त मोटरसाइकल चोरी ल्याएको खुल्न गएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मोटरसाइकल चोरी गर्न तीनवटा साँचोसमेत बरामद भएको छ । पक्राउ परेका झा र पासवानमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।