• ८ वैशाख २०८१, शनिबार

दशैंको मुखमा हवाई यात्रुुलाई टिकट पाउनै सास्ती

blog

समिट एयरले एउटा उडान भरेपछि सिमकोटबाट नेपालगन्ज जाने तयारीमा यात्रुुहरु सिमकोट विमानस्थलमा । तस्बिर : राजन रावत

राजन रावत

हुुम्ला, असोज १२ गते । बडादशैं सुुरु भएसँगै सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाका हवाई यात्रुुहरुलाई टिकट पाउनै सास्ती भएको छ ।

अन्य बेला कर्णालीका हिमाली जिल्लामा उडान भर्ने निजी एयरलाइन्सहरु काठमाडौं फर्केपछि सिमकोट र नेपालगन्जमा यात्रुुहरुलाई टिकट पाउन सास्ती भएको हो ।

सात दिनदेखि नेपालगन्ज झर्ने तयारी गर्नुभएका यात्रुु दीपेन्द्र भण्डारीले हवाई टिकट नपाएर हैरानी भएको बताउनुुभयो । उहाँ दशैंका लागि घर जान लाग्नुुभएको हो ।

उहाँले अरु बेला दैनिक दशदेखि पन्द्र वटा उडान भर्ने निजी एयरलाइन्सका जहाजहरुले दशैंको बेला दैनिक एक मात्र उडान भर्दा हुुम्लाका यात्रुुहरुलाई यो समस्या भएको बताउनुुभयो । 

त्यो पनि समिट एयरले दिनमा एक मात्र उडान भर्ने गरेको छ । उहाँले एउटा उडानमा बढीमा सत्रदेखि अठार जना यात्रुु जान पाउने तर सिमकोटबाट नेपालगन्ज र सुर्खेतका तीन सयभन्दा बढी यात्रुुहरु भए पनि दशैंमा घर जान पाउने सम्भावना नरहेको बताउनुुभयो । 

दशैंका लागि आआफ्नो घर जाने तयारीमा कर्मचारी, व्यापारी, सुरक्षाकर्मीलगायतका मानिसलाई यतिबेला एयरलाइन्सका कार्यालयमा जानुु टिकटका लागि कुरा गर्नु र फिर्ता हुनुु सामान्य जस्तै भएको छ । समिट एयरको कार्यालयमा टिकट पाउन तँछाडमछाडको अवस्था छ । 

यो समस्या सिमकोटमा मात्र नभएर नेपालगञ्जबाट सिमकोट आउने यात्रुुहरुको पनि उस्तै छ । चार दिनदेखि नेपालगन्जबाट सिमकोट आउने तयारी गरि रहनुुभएका यात्रु शैलेश रावतले टिकट पाउने सम्भावना नरहेको बताउनुुभयो । 

उहाँले हाल सिमकोट जाने यात्रुुहरु नेपालगन्जमा तीन सयभन्दा बढी रहेको र अझै देशका अन्य भागमा अध्ययन तथा कामका सिलसिलामा गएका मानिस आउने क्रम जारी रहेको बताउनुुभयो ।

उहाँले गतवर्ष पनि दशैंमा यही समस्या भोगेर घर नगएर फिर्ता हुनुुपरेको दुुःखेसो सुनाउनुुभयो । यतिबेला नेपालगन्ज विमानस्थमा विद्यालय र कलेजमा उच्च शिक्षा अध्ययनका लागि बाहिर बस्दै आएका विद्यार्थीहरुको घुुइँचो लाग्ने गरेको छ । 

उहाँले दशैको बेला हवाईजहाजहरुको समस्या यो वर्ष मात्र नभएर वर्षेनी उस्तै रहेको बताउँदै निजी एयरलाइन्सहरु सेवाभन्दा पनि व्यापारमुखी भएको कारण यो समस्या आएको गुनासो सुनाउनुुभयो । 

अधिकांश समय नेपालगन्ज आधार बनाएर बस्ने निजी एयरलाइन्सहरुमा तारा र सीताका जहाजहरु काठमाडौं फिर्ता भएका छन् भने समिट एयरले कर्णाली तथा सुदूर पश्चिमका हिमाली जिल्लामा दैनिक एक उडान भर्ने गरेको छ ।

जहाजका बारेमा बुुझ्न खोज्दा नेपालगन्जका नीजि एयरलाइन्सका कर्मचारीहरु जहाज फिर्ता भएको बाहेक अन्य कुरा केही भन्न सक्ने अवस्थामा छैनन् ।