• ७ जेठ २०८१, सोमबार

पुस्तक परिचय

कथाको खोजी

blog

मलाई बाल साहित्यमा अत्यन्तै रुचि छ । म लेख्न मन पराउँछु । आफ्ना सिर्जना प्रकाशित गरेर सबैसामु पुगोस् भन्ने पनि चाहन्छु । हालसालै मेरो दोस्रो कृति ‘कथाको खोजी’ प्रकाशित भएको छ ।

यो बालकथा कृति हो । यस कृतिमा १२ वटा कथा रहेका छन् । मेरो पहिलो कृतिको नाम ‘मेरो दृष्टिमा २१ बालकथा’ थियो । यस कृतिमा मैले २१ जना बालसाहित्य लेखकका कथाहरूको समीक्षा लेखेकी थिएँ । 

मेरो भर्खरै प्रकाशित कृतिमा बालबालिकाको कौतुहलता, जिज्ञासा र बालसुलभ भावनाको वरिपरि रहेर तयार गरिएका सुन्दर १२ कथा समावेश छ ।  

अब म रिसाउँदिन यस सङ्ग्रहको पहिलो कथा हो । असाध्यै रिसाउने लेखकले के भएपछि अब म रिसाउँदिन भनेर वाचा गरिन् ? यो प्रश्नको उत्तर थाहा पाउन साथीहरूले पनि यो कथा पढ्नु पर्छ है । 

त्यस्तै आपत्मा नआत्तिनू है, कोरोना हाइहाइ, छोरीको काम, ज्ञानी छोरी, कथाको खोजीमा, म त झुल टाँग्छु, नौ सय, चाबी, अलादिन, सर्पले डस्यो र ढाडेले माक्स लगायो अन्य कथाका शीर्षक हुन् । 

पात्रको काम र घटनाक्रम पढेर सबैलाई केही न केही सन्देश मिल्छ । 

साथीहरू हामीले केही गर्छु भन्ने  चाहना भने राख्नुपर्छ अवश्य सफल भइने रहेछ । मैले कृति प्रकाशित गर्ने क्रममा धेरै बालसाहित्यकारसँग नजिकै रहेर कुराकानी गर्ने र उहाँहरूका साथ, सहयोग जुटाउने अवसर पाएँ ।