• ७ जेठ २०८१, सोमबार

वीरताको देश मेरो (कविता)

blog

खुला पानाजस्ता पर्वतहरूले 

सुसज्जित मेरो प्यारो नेपाल 

कलै कलाको रङ पोतिदिएझैं

कलात्मक मेरो भूमि नेपाल ।


वीर पुर्खाहरूले युद्धमा 

रगतको खोलो बगाएर

बचाए यस देशको 

स्वाभिमान र स्वतन्त्रता ।


राणा शासनविरुद्ध वाणी उठाएर

हाँसी हाँसी फाँसीको माला पहिरिए

बचाइ यस देशको स्वाधीनता 

ल्याए यहाँ समानता ।