• ८ वैशाख २०८१, शनिबार

‘ऐना झ्यालको पुतली’ प्रिमियरमा सेलिब्रेटी

blog

काठमाडौँ, भदौ २२ गते । सोमबार प्रिमियरमा उपस्थिति कलाकार तथा साहित्यकारले ‘ऐना झ्यालको पुतली’ हेरिरहँदा आफ्नै कथा हेरिरहेजस्तो महसुस भएको बताउनुभयो। चलचित्रको कथा, निर्देशन र कलाकारको प्रशंसा गरेका फिल्मकर्मी तथा साहित्यकारले फिल्मले आफूहरूकै बालापन दुरुस्त उतारेको प्रतिक्रिया दिनुभएको थियो।

प्रिमियरमा उपस्थित गायिका आनी छोइङ डोल्माले चलचित्र सुन्दर बनेको बताउँदै चलचित्रलाई नेपालभरिका स्कुलमा देखाउन आग्रह गर्नुभयो। रङ्गमकर्मी विमल सुवेदीले चलचित्रलाई आफ्नो जीवनकालमै हेरेको उत्कृष्ट नेपाली चलचित्रको सूचीमा सदैव रहने बताउनुभयो। 

निर्देशक दीपेन्द्र लामाले ‘मुकुण्डो’ र ‘नुमाफुङ’पछि ‘ऐना झ्यालको पुतली’ सन्तुष्टि दिने चलचित्र रहेको बताउनुभयो। दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, प्रकाश सपुत आदिले पनि ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभयो। 

आउँदो शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्रमा सुजित विडारीको लेखन तथा निर्देशन रहेको छ। सङ्खुवासभाका त्यहीँकै स्थानीय कलाकारलाई लिएर बनाइएको चलचित्रले उच्च शिक्षा लिन चाहने किशोरी सपनालाई सिसाको झ्यालमा अड्किएको पुतलीको विम्ब सदृश्य वर्णन गरेको छ।