• १३ साउन २०८१, आइतबार

थप ६२३ जनामा सङ्क्रमण, ४८७ सङ्क्रमणमुक्त

blog

काठमाडौं, भदौ ३ गते । पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९४५ कोरोना परीक्षण गर्दा ६२३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ६२१ पीसीआर परीक्षण गर्दा २४६ र तीन हजार ३२४ एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८७ जना सङ्क्रमणमुक्त भएका छन् मृत्युदर शून्य छ । हालसम्म मुलुकमा पाँच हजार २४ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १० हजार ९९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।