• १३ वैशाख २०८१, बिहिबार

फोहोरमैला व्यवस्थापन र ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न

blog

फोहोरमैला व्यवस्थापन र ट्राफिक सचेतनामूलक कार्यक्रममा ट्राफिक प्रहरी । तस्बिर : ट्राफिक प्रहरी कार्यालय

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ३० गते । काठमाडौंको नागढुङ्गामा फोहोरमैला व्यवस्थापन र ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिकामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत  सचेतनामूलक कार्यक्रम गरिएको हो । 

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सवारी साधनमा जथाभावी फोहोर नगरौँ, सवारी साधनबाट जथाभावि फोहोर नफालौँ, सवारी साधनमा फोहोर दानी अनिवार्य राखौँ, नो हर्नलगायत विविध चेतनामूलक सन्देश लेखिएका १७ हजार थान स्टिकर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीलाई हस्तान्तरण गर्नु भएको हो । 

कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख र उपप्रमुखले सडक बढारेर सफा राख्नका लागि आह्वान गर्नु भएको छ । नगरपालिकाको आयोजना तथा ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको समन्वयमा नागढुंगामा बिहान साढे ७ बजेदेखि सुरु भएको कार्यक्रममा नेपाली सेना, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, यातायात व्यवसायी र चन्द्रागिरि नगरक्षेत्रमा कार्यरत सामुदायिक तथा निजी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।