• १३ वैशाख २०८१, बिहिबार

फरेन्सिक मेडिसिन

जीवनमा १५–१६ हजार लाशमा छुरा चलाएँ : डा.वस्ती

blog

सिर्जना खत्री
काठमाडौं, साउन ९ गते ।
आमा मानिसमा फरेन्सिक मेडिसिन अर्थात् मेडिकल लिगल भन्ने वित्तिकै मुर्दा चिर्ने भन्ने बुझाइ छ । फरेन्सिक मेडिसिन विज्ञ प्रा.डा. हरिहर वस्तीले फरेन्सिक मेडिसिन भनेको मुर्दा चिर्ने मात्रै नभई कुनै पनि घटना घटी सकेपछि जिउँदा वा मुर्दा मानिसमा के कारणले घटना घट्यो भनेर कानुनलाई प्रमाण जुटाउने विधा भएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “फरेन्सिक मेडिसिन भनेको मुर्दा चिर्ने मात्र नभई जिउँदा वा मुर्दामा घटना के कारणले घट्यो भनेर पत्ता लगाउन गरिने चिकित्सकीय जाँच फरेन्सिक मेडिसिन हो ।”

यो पेशामा प्रवेश गरिसकेपछि फरेन्सिक मेडिसिनमा थुप्रै घटना के कारणले भए भनेर कानुनी प्रमाण उहाँले बनाइसक्नु भएको छ । उहाँले मृतक वा जिउँदा मानिसको प्रमाण कति बनाउनु भयो भन्ने यकिन तथ्याङ्क नभए पनि आफ्नो जीवनमा १५–१६ हजार लाशमा छुरा चलाई सक्नुभएको छ । हजारौँ जिउँदा मानिसको कानुनको लागि प्रमाण जुटाएको बताउनुहुन्छ । 

पहिलो पटक २०४८ सालमा उहाँ यो पेशामा प्रवेश गर्नुभएको थियो । आफ्नो जीवनको लगभग ३० वर्ष यो पेशामा लागेर नेपालमा फरेन्सिक मेडिसिनमा उहाँले छुट्टै पहिचान बनाउनु भएको छ ।

आफू यो पेशामा ३० वर्ष अगाडि छिर्नुभन्दा पहिले केही सुधार आए पनि अझै व्यवस्थित हुन नसकेको उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार चिकित्सकीय पेशामा फरेन्सिक मेडिसिनको निकै महत्त्वपूर्ण भूमिका रहेको छ । तर यो पेशाप्रति सरकारको ध्यान नपुग्दा व्यवस्थित हुन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “चिकित्सकीय पेशामा फरेन्सिक मेडिसिनको निकै महत्त्व छ । तर, सरकारले यो पेशालाई व्यवस्थित गर्न सकेको छैन । यो पेशालाई व्यवस्थित गर्न हरेक अस्पतालमा यो सेवाको विस्तार गरिनुपर्छ ।”

 

भिडियो : मनोजरत्न शाही र केशब गुरुङ

यो पेशामा प्रवेश गरिसकेपछि फरेन्सिक मेडिसिनमा थुप्रै घटना के कारणले भए भनेर कानुनी प्रमाण उहाँले बनाइसक्नु भएको छ । उहाँले मृतक वा जिउँदा मानिसको प्रमाण कति बनाउनु भयो भन्ने यकिन तथ्याङ्क नभए पनि आफ्नो जीवनमा १५–१६ हजार लाशमा छुरा चलाई सक्नुभएको छ । हजारौँ जिउँदा मानिसको कानुनको लागि प्रमाण जुटाएको बताउनुहुन्छ । 

फरेन्सिक मेडिसिन भनेको के हो ? नेपालमा फरेन्सिक मेडिसिनको अवस्था कस्तो छ ? विज्ञ प्रा. डा. हरिहर वस्तीको यो पेशामा प्रवेश गरेर भोगेका तितामिठा अनुभवमा केन्द्रित भएर गोरखापत्र अनलाइनका लागि भिडियो संवाद :


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।