• १३ वैशाख २०८१, बिहिबार

बढ्दै कोरोनाका बिरामी

बिहीबार सङ्क्रमणदर १२ प्रतिशत पुग्यो : उपत्यकामा धेरै सक्रिय संक्रमित

blog

फाइल तस्बिर

काठमाडौं, साउन ५ गते। नेपालमा चौंथो लहरमा प्रवेश गरेसँग कोरोना सङ्क्रमणदर बढ्दो क्रममा छ। एक महिना अघि एक प्रतिशत भन्दा काम भएको सङ्क्रमणदर बढेर १२ प्रतिशत भन्दा बढीमा पुगेको छ । बिहीबार परीक्षण गरिएका मध्ये १२.१८ प्रतिशतमा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४३५ जनामा कोरोना पुष्टि भएको छ।

 बिहीबार देशभरबाट पुष्टि भएको कोरोना सङ्क्रमित सङ्ख्या मध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन्। जसमध्ये उपत्यकामा मात्रै १९२ जना अर्थात ४४.१३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।  २४ घण्टामा सङ्क्रमण पुष्टि भएका मध्ये सबै भन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका छन्। 

२४ घण्टामा कुन उमेर समूहका कति थपिए ? 

यो उमेर समूहका ८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाको तथ्याङ्कमा उल्लेख गरिएको छ। त्यस्तै, ३१ देखि ४० उमेरका ५८, ४०  देखि  ५० उमेर समूहका  ३५, ५१ देखि ६० उमेरका ३७, ६० देखिमाथिका उमेर समूहका ५४ जनामा कोरोना पुष्टि भएको छ।

 त्यसैगरी ११ देखि २० का ४१ र १० वर्ष तलका बालबालिका पाँच जना सङ्क्रमित भएका छन्। मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले अन्तर्राष्ट्रिय नाकाबाट प्रवेश गर्ने यात्रुमामा परीक्षण गर्दा अधिंकाश यात्रुमा कोरोना पुष्टि भएकोले नेपालमा सङ्क्रमण बढ्दै गएको जानकारी दिनुभयो। 

त्यसका अतिरिक्त नेपालमा पछिल्लो सयमा भीडभाड बढ्दै गएको र मानिसले जनस्वास्थ्यका मापदण्ड पालन गर्न छोडेकोले पनि सङ्मितको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो। टिचिङ अस्पतालका फोहल सर्जन डा. निरज बममे मौसम परिवर्तन भएकोले भाइरले ज्वरो, रुघा खोकी लागेर अस्पतालमा आउने सङ्ख्या बढ्ेको र जाँच गर्दा उहाँहरुमा कोरोना पुष्टि भएको बताउनुहुन्छ।

 जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह 

कोरोना बढ्दै गएकाले स्वास्थ्यका मापदण्डा पालन गर्न र भीडभाडमा नजान अनुरोध गरेको छ। मास्कको प्रयोग गर्नुपर्ने चिकित्सको सुझाव छ। विश्वमा ओमिक्रोनको उपप्रजाति बिए वान र बिए टुलाई बिए फाइभले प्रतिस्पादन गर्दै गएको छ।

 विभिन्न अध्ययनहरुले बिए फाइभ भेरिएन्ट ओमिक्रोनका अन्य प्रजाति भन्दा बढी सङ्क्रमक भएकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीको  आग्रह छ।  ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने, थकान महसुस हुने कोभिडका मुख्य लक्षण रहेका छन्। 

 सक्रिय सङ्क्रमित उपत्यकामा बढी 

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५३७ पुगेको छ। जसमध्ये काठमाडौं उपत्यकामा मात्रै एक हजार ६५९ जना सक्रिय सङ्क्रमित छन्। काठमाडौंमा १३ सय ९४, ललितपुरमा २०६ र भक्तपुरमा ५९ जना रहेका छन्। 

सक्रिय सङ्क्रमितमध्ये होम आइसोलेसनमा दुई हजार ३९६ र संस्थागत आइसोलेसनमा १४१ जना उपचारत रहेका छन्। अस्पतालमा भएकामध्ये १९ जनाको आइसीयूमा उपचारत छन्। नेपालमा शून्य सङ्क्रमितको सङ्ख्या आठ रहेको छ। 

नेपालमा अहिलेसम्म ११ लाख २३ हजार ९७६ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकामध्ये नौ लाख ६८ हजार २२८ जना सक्रमणमुक्त भएका छन्। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९८.५ प्रतिशत रहेको छ। नेपालमा कोरोना सङ्क्रमणबाट  ११ हजार ९५४ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट हुने मृत्युदर १.२ प्रतिशत रहेको छ। 

सरकारले कोरोना विरुद्धको खोप लगाउन सुरु गरेदेखि आजसम्म चार करोड ८० लाख ९५ हजार  ६१७ मात्रा खोप लगाइसकेको छ। जसमध्ये दुई करोड पाँच लाख ८७ हजार ४१ जनाले पहिलो मात्रा, दुई करोड चार लाख ९७ हजार ९५४ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। ७० लाख १० हजार ६२२ जनाले  अतिरिक्र मात्र खोप लगाएका छन्। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।