• २८ असोज २०८२, मङ्गलबार

केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवाकाे सम्बोधन

blog

केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर : कविन अधिकारी/गोरखापत्र

गोरखापत्र अनलाइन

ललितपुर, असोज २८ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजबाट सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । 

जेन्जी आन्दोलनको क्रममा २०८२ भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा उहाँमाथि आक्रमण हुनाका साथै घरमा आगजनी गरिएको थियो । उपचारको क्रममा उहाँको गर्दनमा १२ वटा टाँका लगाउनुपरेको थियो । त्यसपछि सभापति देउवा पहिलो पटक आज सार्वजनिक हुनुभएको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भन्नुभयो, ‘‘आज सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्नुहुन्छ । त्यसपछि बैठक कसरी अगाडि बढ्छ भन्ने टुङ्गो लाग्नेछ ।’’ 

सभापति देउवा सार्वजनिक हुने खबर पाएपछि सञ्चारकर्मीको बाक्लो उपस्थिति देखिएको छ ।