शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
केशवराज भट्ट
वाशुलिङ बैतडी, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारीले ६७७ मत ल्याउनुभएको छ।
हालसम्म २ हजार २सय ६६ मत गणना हुँदा भण्डारीले ३८ मतले अग्रता लिनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले ६३९ मतसहित पछ्याइरहनुभएको छ ।
त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार दामोदर भण्डारीले ५२६ मत प्राप्त गर्नुभएको छ भने नेकपाका उम्मेदवार प्रमानन्द भट्टले २१७ मत ल्याउनुभएको छ ।
यस्तै राप्रपाका उमेदवार भुपेनबहादुर चन्दले २५ मत प्राप्त गरेका छन् भने १६५ मत बदर भएका छन् । जिल्ला अदालत परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना कार्य जारी रहेको छ ।