शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजन रावत
हुम्ला, फागुन २२ गते । प्रतिनिधिसभा सदस्यको मतगणना कार्य शुक्रबार राति ७ः४५ बजेबाट हुने भएको छ । मतगणना अघि बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो ।
दलका उम्मेदवारले बैठकमा उपस्थित हुन ढिलो गरेका कारण एघार बजेबाट बस्ने भनिएको सर्वदलीय बैठकले सो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो ।
सर्वदलीय बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको भए पनि साँढे चार बजेबाट सुरु भएको होे । उहाँका अनुसार पहिले एमाले उम्मेदवार दलबहादुर फडेरा बाटो आउँदै गरेको कारण पर्खिनु परेकोले बैठक बस्न ढिलाे भएको हो । यसका लागि मतगणना स्थलको तयारी सिसी टिभी जडान, मतगणनाका लागि कर्मचारी खटाउने कार्य सबै पूरा भएको छ ।