शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गतको सामानुपातिकतर्फको पनि मतगणना सुरु भएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले काठमाडौँ १ बाट समानुपातिकतर्फको मतगणना थालिएको राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म समानुपातिकतर्फ १९ हजार ७२८ मतगणना हुँदा ११ हजार ५६२ मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको छ ।
यस्तै समानुपातिकतर्फ नेपाली कांग्रेसले ३ हजार ६६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७५२, नेकपा (एमाले) ले एक हजार १५२, श्रम स।स्कृति पार्टीले ४४१, नेपाली कम्युनिस्ट पार्टीले ३९२ मत ल्याएका छन् ।
यस्तै राष्ट्रिय परिवर्तन पार्टीले २७३ मत प्राप्त गरेका छन् भने अन्य विभिन्न दलले १०० भन्दा तल मत प्राप्त गरेका छन् । रासस