• २३ फागुन २०८२, शनिबार

नेपाली कम्युनिस्ट पार्टिका उम्मेदवार शाही अग्रस्थानमा

blog

जिल्ला समन्वय समितिको हलमा मतगणना हुँदै । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, फागुन २२ गते । कालीकोट जिल्लाका छ स्थानीय तहको मतगणना सम्पन्न हुँदा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ । पलाँता, पचालझरना र नरहरिनाथ गाउँपालिका तथा तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिकाको मतगणना सकिँदासम्म तारा चुनाव चिह्नका उम्मेदवार नेपाली कम्युनिस्ट पार्टीका  महेन्द्रबहादुर शाही अग्रस्थानमा रहेका छन् ।

हालसम्मको मतपरिणाम अनुसार तारा चुनाव चिह्नका महेन्द्रबहादुर शाहीले ८०२३  मत प्राप्त गरी अग्रता लिई रहनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी सूर्य चुनाव चिह्नका नगिन्द्र शाही नेश्नलले ७७९२ मत प्राप्त गरी पच्छाइरहनुभएको छ । यी दुई उम्मेदवारबिच २३१ मतको अन्तर रहेको छ।

यस्तै, रुख चुनाव चिह्नका हर्षबहादुर बमले ५८४१ मत, गुलाफ चुनाव चिह्नका खड्कबहादुर विश्वकर्माले ३३४४ मत तथा घण्टी चुनाव चिह्नका प्रकाश न्यौपानेले १५८१ मत प्राप्त गरेका छन्।

मतगणना कार्य जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लाका विभिन्न स्थानीय तहबाट मतपेटिका सदरमुकाम ल्याई क्रमशः मतगणना भइरहेको छ। अब राष्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र महाबै गाउँपालिकाको गणना हुन बाँकी रहेको छ ।