कैलाली निर्वाचन क्षेत्र नं. ४ को प्रदेशसभा (क)मा नेकपा (एस)का उम्मेदवार दीर्घबहादुर सोडारी विजयी हुनुभएको छ । उहाँले १३ हजार ५११ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार भिमबहादुर देउवाले नौ हजार ४४५ मत ल्याउनुभएको छ ।
भक्तपुर निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (ख)मा नेकपा (एस)का उम्मेदवार राजेन्द्रमान श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले आठ हजार ३४१ मत प्राप्त गरी विजयी हुनुभएको हो । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार चन्दन कृष्ण श्रेष्ठले आठ हजार ३१ मत ल्याउनुभएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं. १० को (ख)मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रमा आलेमगर पाँच हजार ८१८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामशरण आलेमगरले पाँच हजार १८८ मत प्राप्त गर्नुभएको छ ।
सिराहा निर्वाचन क्षेत्र नं. ३ को (ख)मा नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेदवार प्रमोदकुमार यादव नौ हजार ९७६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार आठ हजार १४ मत प्राप्त गर्नुभएको छ ।
सप्तरी क्षेत्र ४ को (क) बाट प्रदेशसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार गोविन्दबहादुर न्यौपाने निर्वाचित हुनुभएको छ । न्यौपानेले नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण चौधरी थारुभन्दा पाँच हजार ४२१ बढी मत ल्याएर निर्वाचित हुनुभयो । न्यौपानेले ११ हजार ४२९ मत ल्याउनुभएको छ भने थारुले पाँच हजार आठ मत प्राप्त गर्नुभयो ।
इलाम –१ को प्रदेश सभा ‘क’ मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)की नेत्री खिनु लङ्वा (लिम्बू) विजयी हुनुभएको छ । लङ्वाले नेकपा (एमाले)की शोभा पराजुलीलाई एक हजार नौ सय ७६ मतान्तरले पराजित गर्नुभएको हो ।
भोजपुर प्रदेश सभा (क) बाट नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव राजेन्द्रकुमार राई विजयी हुनुभएको छ। प्रदेश १ का मुख्यमन्त्रीसमेत रहनुभएका राईले १६ हजार १ सय १० मत पाउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका हरिबहादुर राईले १२ हजार २ सय २३ मत पाउनुभयो।
चितवन १ (ख) वाट बागमती प्रदेश सभा सदस्यमा एकीकृत समाजवादीका कृष्ण खनाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार किरण प्रकाश
खनाल (शैलेस) लाई ७ सय ३९ मत अन्तरले पराजित गर्नुभएको हो ।
काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नम्म्बर २ को प्रदेशसभा (क) मा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मण लम्साल विजयी हुनुभएको छ। लम्सालले नेकपा (एमाले)का उम्मेदवार कुमारप्रसाद खकुरेललाई १८८ मतले पराजित गर्नुभएको हो। लम्सालले १९ हजार ४०८ मत पाउनु भएको छ भने खकुरेलले १९ हजार २२० मत प्राप्त गर्नुभएको छ।
रौतहट निर्वाचन क्षेत्र २ (ख) मा नेकपा (एस) का कनिश पटेल निर्वाचित हुनुभएको छ । पटेलले १० हजार ४४२ मत ल्याई विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी निवर्तमान प्रदेश सभा सदस्य एवम् जसपाका उम्मेदवार रामकिशोर यादवले १० हजार ३३ मत प्राप्त गर्नुभयो ।
एकीकृत समाजवादीका नेता तथा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावल दोस्रो पटक प्रदेश सभामा विजयी हुनुभएको छ । उहाँ कञ्चनपुर क्षेत्र नं. ३ को (क) बाट विजयी हुनुभएको हो ।
पाँचथरको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट वाम–लोकतान्त्रिक गठवन्धनका उम्मेद्वार नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) कमलप्रसाद जवेगू विजयी हुनु भएको छ । नेकपा एमालेका राजकुमार भण्डारीलाइ ६ सय ३३ मत अन्तरले हराँउदै जवेगू प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो ।
सर्लाहीको क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनको साझा उम्मेदवार रहनुभएकी लुङ्गेली १३ हजार ६७७ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति कुमारी लामाले छ हजार ९७५ मत पाउनुभयो ।
काठमाडौं–७ (क)मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी हुनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा
प्रदेशसभा निर्वाचनको बुधबार बिहान सम्पन्न प्रदेशसभा (क) को मतगणनामा
एकीकृत समाजवादीका मानन्धरले चार हजार १५३ मत प्राप्त गरी विजयी हुनुभएको
निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो ।