• १२ असार २०८१, बुधबार

संवैधानिक व्यवस्था विपरित नागरिकता विधेयक ल्याइयो : सांसद भुसाल

blog

काठमाडौं, असार ३१ गते । नेपाली कांग्रेसकी सचेतक एवम् पुष्पा भुसाल (गौतम)ले आमाको नाममा पनि नागरिकता दिने संवैधानिक व्यवस्थालाई नसमेटी ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ ल्याएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सचेतक भुसालले बुबाको पहिचान नभएका बालबालिकालाई पनि आमाको नामबाट वंशजको नागरिकता दिने संविधानमा उल्लेख गरिएको विषयलाई पनि सरकारले सो संशोधन विधेयकमा स्पष्टसँग समेट्न नसकेको गुनासो गर्नुभयो ।

उहाँले तेस्रोलिङ्गीले पनि नागरिकता पाउने अधिकारलाई सो संशोधन विधेयकले बेवास्ता गरेको उल्लेख गर्दै त्यसको स्पष्ट व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

तेस्रोलिङ्गीले नागरिकता पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्ने दायित्वबाट सरकार पछि हटन नमिल्ने उहाँको भनाइ छ ।