काठमाडौं, असार ३१ गते । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा नागरिकता (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’’ भन्ने प्रस्तावमाथि छलफल जारी रहने छ ।
छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने सचिव योगीले जानकारी दिनुभयो ।