• १७ असार २०८१, सोमबार

आधारभूत पत्रकारिता तालिम सम्पन्न

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २६ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालित आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ताप्लेजुङको संयुक्त आयोजनामा सञ्चालित १५ दिने तालिम आज सम्पन्न भएको हो ।

पत्रकारिताको माध्यमबाट लघु उद्यमको प्रवर्धन तथा विकासमा जोड दिने उद्देश्यले आयोजना गरिएको आधारभूत तालिम शनिबार सम्पन्न भएको हो । तालिममा १५ जनाको सहभागिता थियो । तालिममा स्थानीय अग्रज पत्रकारले सहजीकरण गर्नुभएको थियो । 

समापन समारोहमा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले सूचनाका माध्यमबाट समाज परिर्वतनको दिशामा अघि बढाउन आमसञ्चार संस्था तथा सञ्चारकर्मीको योगदान अमूल्य हुने बताउनुभयो । स्थानीय सञ्चार संस्था र सञ्चारकर्मीसँग सहकार्य गरेर अघि बढ्न नगरपालिका तयार रहेको उहाँले बताउनुभयो । 

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईंले उद्यम विकास, उद्यम सिर्जना साथै उद्यमीका समस्याको पहिचान र समाधानका उपाय खोजी गर्ने कार्यका लागि तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा समाचार लेखन, रेडियो पत्रकारिता, फोटो पत्रकारिता र प्रविधिसम्बन्धी प्रशिक्षण प्रदान गरिएको फोनिज ताप्लेजुङका अध्यक्ष दिनेश लिङ्खिमले जानकारी दिनुभयो ।