• १३ साउन २०८१, आइतबार

कृषकलाई हाते ट्याक्टर वितरण

blog

कृषकलाई हाते ट्याक्टर र घाँस कटर उपकरण वितरण गर्नुहुँदै नगरप्रमुख भोलाप्रसाद पोखरेल। तस्बिरः जीबछ

जीबछ यादव

लहान, असार २६ गते। कर्जन्हा नगरपालिकाले तीनवटा कृषक समूहलाई हाते ट्याक्टर र घाँस कटर वितरण गरेको छ। कृषकलाई धान उत्पादन र पशुपालनतर्फ आकर्षित गर्न वितरण गरिएको हो। 

लालीगुराँस कृषक समूह कर्जन्हा ७, शिवगुरु बहुउदेश्यीय मिश्रित कृषक समूह  कर्जन्हा ८ र सलहेस बाबा कृषक समूह कर्जन्हा ८ लाई दुई दुई वटा हाते ट्याक्टर र ग्रास कटर वितरण गरिएको कर्जन्हा नगरपालिकाले जनाएको हो।

७ र ८ का वडाध्यक्ष रामसेवक यादव र  शम्भु ब्यारको उपस्थितिमा कृषक समूहका अगुवालाई नगरप्रमुख भोलाप्रसाद पोखरेलले वितरण गर्नुभयो। ट्याक्टर हस्तान्तरणपछि उहाँले भन्नुभयो,‘कर्जन्हा नगरपालिकाको समृद्धिको अधारमध्ये कृषि प्रमुख  छ। दक्षिणी भेगका कृषकलाई धान उत्पादन र पशुपालनले कृषकलाई उपकरण दिएको हो।’

कर्जन्हा नगरपालिकाको दक्षिणी भेगका वडामा धान, गहुँ, दालदलहन र तरकारी खेतीलाई व्यवसायी गरेर कृषकलाई आत्मानिर्भर बनाउन नगरपालिकाबाट समेत कृषिलाई प्राथमिकतामा राखेको प्रमुख पोखरेलले बताउनुभयो। 

‘गोरुको भरमा गरिने परम्परागत खेती अब हुँदैन, आधुनिक कृषि उपकरणको माध्यमबाट कृषक बढी आम्दानी गर्न सकुन भन्ने उद्देश्यले हाते ट्याक्टर र ग्रास कटर दिएको हो। यसको संरक्षण र उपयोग गरेर राम्रो उत्पादन र पशुपालनतर्फ कृष आकर्षित हुनु आवश्यक छ’, नगरप्रमुख पोखरेलले भन्नुभयो। 

तीनवटै बृषक समूहमा आबद्ध सयौं कृषकले अब सामूहिक रुपमा खेती गर्न र धान उत्पादनको लागि र पशुपालनको लागि ठूलो सहयोग भएको खुसी व्यक्त गर्नुभयो।