• १३ साउन २०८१, आइतबार

भारतीय दूतावासका सुरक्षाकर्मीको पोस्टमार्टम

blog

फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौैं, असार २० गते । भारतीय दूतावासमा आज मृत्यु भएका सुरक्षाकर्मीको पोस्टमार्टम भएको छ । शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएको हो । अस्पतालका अनुसार मृतक ३२ वर्षीय भारतीय नागरिक दीपक सिंह हुनुहुन्छ । 

सोमबार दिउँसो भएको घटनामा सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हान्नु भएको दूतावासले जनाएको छ । गोली चलेको थाहा पाएपछि नेपाल प्रहरीको टोली दूतावास पुगेपनि दूतावासभित्र भारतीय नागरिकको मृत्यु भएकाले आफैँ अनुसन्धान गर्ने दूतावासको भनाइ थियो । यसअघि दूतावासमा सन् २००५ मा गोली हानाहान हुँदा दुई भारतीय सुरक्षाकर्मीको मृत्यु हुनुका साथै एक जना घाइते भएका थिए ।