प्रवीणकुमार शर्मा
रौतहट, माघ ४ गते । कर्मचारी मिलन केन्द्र रौतहटको शनिबार सम्पन्न साधारण सभाले जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
केन्द्रको १२ औं साधारण सभाले वरिष्ठ उपाध्यक्षमा छोटेलाल दाश (जिल्ला निर्वाचन कार्यालय), उपाध्यक्षद्वयमा इन्दु राय यादव (भेटेनरी तथा पशु अस्पताल विज्ञ केन्द्र) र तीलकुमारी ढकाल(रौतहट जिल्ला अदालत), महासचिवमा रंजय पटेल (भूमी सुधार तथा मालपोत कार्यालय गौर),सचिवमा रोशनीकुमारी श्रेष्ठ(गौर नगरपालिका),सह सचिवमा प्रमोद राय यादव (बौधीमाई नगरपालिका )तथा कोषाध्यक्षमा विनय कुमार झा(प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चन्द्रपुर) चयन हुनु भएको छ ।
यसैगरी, सदस्यहरूमा नागेन्द्र राय यादव (माधवनारायण नगरपालिका), अब्दुल रव अन्सारी (परोहा नगरपालिका), बामदेव मिश्र(साल्ट ट्रेडिङ क.लि.), अनिल कुमार कर्ण (जिल्ला स्वास्थ्य कार्यालय ), हरेन्द्रप्रसाद गुप्ता (गौर अस्पताल) ,कविता खाती (मौलापुर नगरपालिका), राहुल जयसवाल(कोष तथा लेखा नियन्त्रक कार्यालय), लक्ष्मी कर्ण (डिभिजन वन कार्यालय), सरोज मण्डल (कृषि ज्ञान केन्द्र) र तारकेश्वर पटेल(बौधीमाई नगरपालिका) रहनु भएको छ ।
१९ सदस्यीय कार्यसमितिमा १३ जना पुरानै अनुहार र ६ जना नयाँ अनुहार थपिएको छ ।
कर्मचारी मिलन केन्द्रका विशेष संरक्षकमा रौतहट जिल्ला अदालतका माननीय न्यायाधिशहरू, संरक्षकमा प्रमुख जिल्ला अधिकारी, तथा सल्लाहकारमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू पदेन सदस्यको रूपमा रहने व्यवस्था रहेको छ ।
दुई वर्षे कार्यकालका लागि गठित कर्मचारी मिलन केन्द्रको मुख्य उद्देश्य कर्मचारीहरू बिच आपसी सम्बन्ध सुदृढ गर्दै संस्थागत वातावरणलाई सहयोगी र प्रभावकारी बनाउनु रहेको छ ।
मिलन केन्द्रका नवनिर्वाचित अध्यक्ष यादवले कर्मचारी–नागरिक सम्बन्धलाई थप मजबुत बनाई पेसागत धर्मलाई इमानदारितापूर्वक निर्वाह गर्न र सेवाग्राहीमैत्री व्यवहारलाई थप रचनात्मक बनाउन मिलन केन्द्रले संस्थागत भूमिका निर्वाह गर्ने बताउनु भयो ।
केन्द्रका कोषाध्यक्ष झाले केन्द्रमा १५ लाख ७२ हजार २ सय असी रुपियाँ ३० पैसा मौज्दात रहेको जानकारी गराउँदै अबको दिनमा विभिन्न सामाजिक कार्य मा केन्द्र अग्रसर हुने बताउनु भयो । कार्यक्रम केन्द्रका निवर्तमान अध्यक्ष दिपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।