• ४ माघ २०८२, आइतबार

रैथाने अस्तित्व जोगाउँदै बिउ बैङ्क

blog

सुनकोशी (सिन्धुपाल्चोक), माघ ४ गते  । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ ठोकर्पाकी मैया पौडेल आफूलाई आवश्यक परेको बिउ लिन घरनजिकै रहेको सामुदायिक बिउ बैङ्कमा जानुहुन्छ । बिउ बैङ्कले निर्धारण गरेका मापदण्ड पूरा गरेर बिउको पैँचो लिनुहुन्छ । आफूले उत्पादन गरेपछि स्वस्थ बिरुवाको बिउ पुनः सोही बैङ्कमा लगेर फिर्ता गर्नु हुन्छ । 

नेपालको ग्रामीण अर्थतन्त्र ऐँचोपैँचोमा चल्ने भए पनि पछिल्लो समय सहरीकरणको असरले त्यो कार्य रोक्न थालेसँगै त्यसको असर बिउमा पर्न थालेको छ । बिउ जोगाए मात्रै आफ्नो अस्तित्व जोगिने विश्वासले ग्रामीण भेगमा स्थानीयले सामुदायिक बिउ बैङ्क स्थापना गर्न थालेका छन् । बिउ जोगाउने उद्देश्यले स्थापना भएका सामुदायिक बिउ बैङ्कले बिउमा आत्मनिर्भर बनाएको छ भने रैथाने बाली जोगाउन महìवपूर्ण भूमिकासमेत निर्माण गरेको छ । 

पूर्वजले सुक्खा–खडेरी तथा बाढी सहने, खान स्वादिलो, मिठो र मसिनो हुने, खेतबारी एवं भण्डारणमा रोग तथा किरा कम लाग्ने, विभिन्न धार्मिक कार्य, रीतिरिवाज तथा संस्कारमा नभई नहुने आदि विभिन्न गुण, विशेषता र महìव भएका स्थानीय बालीनालीको संरक्षण, संवर्धन एवं विकास गर्दै आए । हाम्रो देशमा हाल उपलब्ध स्थानीय बाली तथा प्रजातिहरू वा कृषिजन्य आनुवंशिक स्रोतको यथास्थानीय संरक्षण मूलतः कृषकको व्यक्तिगत प्रयासबाट भइरहेको पौडेल उल्लेख गर्नुहुन्छ । सुनकोशीका किसानले बैङ्कमा पैसा राखे जसरी सामुदायिक बिउ बैङ्कमा राखिएका लोपोन्मुख र रैथाने बिउ नियमपूर्वक किनेर वा पैँचो अथवा ऋणका रूपमा लिन थालेको केही वर्ष भयो । 

बैङ्कहरूले पैसाको कारोबार गरे जस्तै सामुदायिक बिउ बैङ्कबाट बिउको कारोबार गरिन्छ । आफूलाई चाहिएको बिउ नियमपूर्वक किनेर वा पैँचो अथवा ऋणका रूपमा लैजाने र फिर्ता गर्ने गरिन्छ । यसले उत्पादन बढाउन र बिउमा आत्मनिर्भरता सिर्जना गरेको बिउ बैङ्क सञ्चालक गरिरहेको पिङडाँडा साना किसान कृषि सहकारी संस्था लिका अध्यक्ष हिमबहादुर आचार्यले भन्नुभयो । खेतीपातीमा सबैभन्दा ठुलो भूमिका बिउले निर्धारण गरेको हुन्छ तर त्यसको महìव थाहा नपाउँदा बिउको अस्तित्व नै खतरामा परेपछि बिउ बैङ्क स्थापना गरेको उहाँले बताउनुभयो ।  

उहाँले पुराना ढुङ्गा र माटोले बनाएका घरमा निदाल, दलिन र ढुकुटी खाटमा बिउ सुरक्षित हुने भए पनि पछिल्लो समय बनेका आधुनिक घरहरूमा बिउ सुरक्षित हुन सकेका छैनन् । गाउँमा बिउ बैङ्क स्थापना भएपछि ५८ जातको १३३ थरीका बिउ उक्त बैैङ्कमै सुरक्षित राखिएका छन् । गाउँपालिकाले यो कार्यका लागि भरपुर सहयोग गरिरहेको बताउँदै उहाँले कम्तीमा एक पालिकामा भए पनि यस्तो एउटा बिउ बैङ्क आवश्यक रहेको बताउनुभयो । 

जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेल कार्यक्षेत्र अन्तर्गत सिन्धुपाल्चोकको सुनकोशीमा रहेको सो सामुदायिक बिउ बैङ्कले सयौँ रैथाने र लोपोन्मुख बिउको संरक्षण गरिरहेको वरिष्ठ कृषिप्रसार अधिकृत कुलप्रसाद दवाडीले बताउनुभयो । “वैज्ञानिकहरूका अनुसार अहिले हामी छैटौँ ठुलो विलयको महासङ्ग्राममा छौँ । अबको केही दशकमा धेरै जीव र वनस्पतिहरू लोप हुने प्रक्षेपण गरिएको छ,” दवाडीले नेपालका रैथाने बालीहरू पनि यसै गरी मासिने व्रmममा रहेको उल्लेख गर्दै भन्नुभयो । उहाँका अनुसार सामुदायिक बिउ बैङ्क यस्तो बैङ्क हो; जसले लोप हुन लागेका हाम्रा अति महìवपूर्ण बिउबिजनको दिगो संरक्षण र 

खेतीका परम्परागत ज्ञान तथा जानकारीहरूको अभिलेखीकरण गर्दछ । बिउमा आत्मनिर्भर नभएको मुलुक कहिल्यै स्वतन्त्र हुन नसक्ने उहाँले बताउनुभयो । तीन तहको सरकार बनेसँगै हरेक स्थानीय सरकारहरू आर्थिक एकाइहरू भएकाले सामुदायिक बिउ बैङ्कले समुदायमा बिउको संरक्षणका लागि महìवपूर्ण प्रयास थालेको बताउनुभयो । 

रैथाने बिउ संरक्षण र आवश्यकताको विषयमा लामो समयदेखि अध्ययन गरिरहनुभएका कृषि प्रचार अधिकृत कृष्ण धितालले अब एक स्थानीय तह एक सामुदायिक बिउ बैङ्कको अभियानमा जुट्न अत्यावश्यक भइसकेको बताउनुभयो । सामुदायिक बिउ बैङ्क मूलतः कृषकद्वारा उनीहरूकै लागि स्थानीय स्तरमा बिउ तथा त्यससँग सम्बन्धित जानकारी उपलब्ध गराउने पद्धति वा व्यवस्था भएको उहाँले बताउनुभयो । यस पद्धति अनुसार समुदाय र वरिपरिका कृषकको आवश्यकता र माग अनुसार 

स्थानीय तथा उन्नत दुवै किसिमका बिउहरूको कारोबार गर्न सकिन्छ ।

किसान आफैँले संरक्षण गर्दै आएका रैथाने बिउबिजन र परम्परागत प्रविधि र ज्ञान अरूलाई सिकाउन र सुनाउन बिउ बैङ्कले भूमिका निभाएको र अभिलेखीकरण गरेर यसको महìवको बारेमा सिकाउने काम गरिरहेको धितालले बताउनुभयो । 

Author
केशवराज पौडेल

उहाँले गोरखापत्रका लागि राजनीति, कृषि र पशुअधिकारको क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।