• १३ असोज २०८१, आइतबार

पकुवा खोलामा बनाए धरानबासीले दुई खानेपानीे ट्याङ्की

blog

निशा राई 

धरान, असार १७ गते । धरान उपमहानगरपालिकाले खानेपानीको समस्यालाई अल्पकालीन रुपमा समाधान गर्न पकुवा खोलामा खानेपानीको दुईवटा ट्याङ्की निर्माण गरेको छ । 

नगर प्रमुख हर्कराज राईले करिब दुई हप्तादेखि खानेपानीका लागि धरानका जनताको साथ र सहयोगमा श्रमदान गरी ट्याङ्की निर्माण गर्नुभएको हो  । धरानवासीको मुख्य समस्या खानेपानीको समाधान गर्न अल्पकालीन व्यवस्थाको लागि वर्षाको समयमा आउने पकुवा खोलाको पानी ल्याउन ट्याङ्की तयार भएपछि आज पानीको लागि पाइप पनि धरानबासीको साथ र सहयोगमा आफैं तयार गर्नुभएको छ ।

 अबको करिब एक हप्ताभित्रमा त्यहा“को खानेपानी धरानबासीलाई वितरण गर्ने  नगरपालिकाको स्वकीय सचिव सुदर्शन लिम्बूले जानकारी दिनुभएको छ । 

खानेपानीको पाइपसँगै धराने जनताको साथमा खोला वरपरको डांडामा बाँस, रुखबिरुवा र फलफूलको करिब एक हजार जति बिरुवा वृक्षरोपण पनि गरिएको स्वकीय सचिव लिम्बूले बताउनुभयो  ।

पकुवा खोलाबाट करिब पाँच लाख लिटर हाराहारीको पानी धरानमा ल्याउन सकिने र त्यसका लागि मुहान क्षेत्रमा इन्टेक बनाउने र पाइपमार्फत् धरानमा वितरण गर्न सकिन जानकारी नगर प्रमुख राईले दिनुभयो । यसरी पानि ल्याउँदा नगरपालिकाको लागत नरहेको र लागेको लागत धरानबासी जनताको सहयोगमा भएको नगर प्रमुख राईले बताउनुभयो । उहाँले खानेपानीका लागि आँपगाछीबाट यसैगरी पानि ल्याउने योजना रहेको बताउनुभएको छ ।