• १३ असोज २०८१, आइतबार

बसले किचेर घाइते बालिकाको अस्पतालमा मृत्यु

blog

हरि कोइराला 

उर्लाबारी, असार १७ गते । मोरङको रङ्गेलीमा बुधबार  दिउँसो स्कुल बसले किचेर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । रङ्गेली–६ चोप्राहाका नरेश मण्डलकी ६ वर्षीया छोरी सोनमकुमारी मण्डलको मृत्यु भएको हो । उनको विराटनगरस्थित न्युरो अस्पतालको सघन  उपचार कक्षमा उपचार भइरहेको थियो ।

रङ्गेली –७ स्थित माउण्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले बुधबार दिउँसो ३ बजे  विद्यालयमा अध्ययनरत दुई बालबालिकालाई  किचेर गम्भीर  घाइते बनाएको थियो  । 

घाइतेमध्ये रङ्गेली–७ का महादेव मण्डलका छोरा ४ वर्षीय छोरा रिपिक मण्डलको घटनास्थलमै मृत्यु भएको थियो । स्कुल छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा सोही स्कुलको बसले दुई बालबालिकालाई ठोक्काएको थियो ।