बागलुङ समाचारदाता
बागलुङ, असोज ११ गते । चाडपर्वमा बजारमा झिनियाको माग र खपत बढी हुन्छ । अन्य समयमा भन्दा रङ मिसिएका खाद्य सामग्री यो बेला बढी प्रयोगमा आउँछन् । अखाद्य रङ प्रयोग गरिएका खानाबाट दीर्घकालीन रूपमा प्राणघातक रोगको सङ्व्रmमण हुने सचेतनासहित बागलुङ बजारमा अनुगमन थालिएको हो ।
बागलुङ नगरपालिकाको संयोजनमा सरोकारवालाको समूहले बजारका खाद्यान्न, माछा, मासु, फलफूल तथा सरकारी पसलमा पुगेर अनुगमन थालेको हो । अनुगमनमा उपभोक्ता हितको ख्याल गर्न, राज्यका नियम कानुनको पालना गरेर मात्रै उपभोग्य वस्तुको खरिदबिक्री गर्न आग्रह गरिएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
बिहीबार गरिएको अनुगमनमा मासुु पसलमा मासु फोहोर भेटिएको, पसलमा अखाद्य रङ मिसिएका झिलिङ्गालगायतका खाद्य सामग्री भेटिएको बागलुङ नगरपालिकाका राजस्व शाखा अधिकृत सरस्वती शर्माले बताउनुभयो ।
विशेष गरी हावा भरिएका कुरकुरे, चिप्स जस्ता बालबालिकाले धेरै प्रयोग गर्ने खाद्य सामग्रीमा म्याद गुजे्रको भेटिएका थिए । अधिकांश पसलमा चिप्स, स्टिक, चकलेटलगायतका सामग्री म्याद गुज्रेका भेटिएका मञ्चका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
म्याद गुज्रेका सामग्री तत्कालै नष्ट गरिएको छ । श्रेष्ठले भन्नुभयो, “बालबालिकाले प्रयोग गर्ने अधिकांश खाजाजन्य खाद्य सामग्री धेरै म्याद गुज्रेको भेटियो । एक पटकका लागि सचेत गराइएको छ, अर्को पटक सुधार नआए नियमानुसार कानुनी कारबाही गर्छौं ।”
अनुगमनका क्रममा अनुमति नलिई मदिराको बिक्री गर्ने गरेको, पसल तथा फर्म दर्ता नै नगरी सञ्चालन गरेको, एउटै सटरबाट मासु, औषधी, खाद्यान्न, स्टेसनरी, खाद्यान्न, लत्ताकपडासमेत बिक्री गर्ने गरेकोसमेत अनुगमनमा भेटिएको थियो ।