गुणबहादुर रोका
सुलीकोट, असोज ११ गते । गोरखामा दुई थान बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका – ३ आँपपिपलस्थित मैबलका ६३ वर्षीय राम बहादुर राना मगर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शुक्रबार राति १० बजे गोप्य सूचनाको आधारमा राना मगरको घरमा खानतालसी गर्दा एक नाले दुई थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने बारुद तथा फलामको गज समेत बरामद गरेको उहाँले बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय ठाँटीपोखरी गोरखाका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माको कमाण्डमा गएको प्रहरी टोलीेले दुई थान हतियारसहित रानालाई नियन्त्रण लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।