• ७ असोज २०८२, मङ्गलबार

नेपालगन्ज–कोहलपुर सडक मर्मत सुरु

blog

मर्मत सम्भार सुरु गरिएको नेपालगन्ज–कोहलपुर सडकखण्डको मर्मत। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, असोज ७ गते। नेपालगन्ज–कोहलपुर सडकखण्डको मर्मत सम्भारको काम अहिले सुरु भएको छ। 

जनप्रतिनिधि र स्थानीयको धर्नापछि चार महिनाअघि मर्मत सम्भार सुरु गरेर रोकिएको मर्मतको कार्य अहिले फेरि यात्रु, स्थानीयवासी र जनप्रतिनिधिले पुनः दबाब दिएपछि सुरु गरिएको हो।

जेनजीको आन्दोलनपछि सिर्जना भएको नयाँ अवस्थाका कारण सडक मर्मतको कामलाई सुचारु गरिएको अनुमान गरिएको छ। 

सडक डिभिजन कार्यालय नेपालगन्जका अनुसार उक्त सडक मर्मतसम्भारको जिम्मा त्रिपुरासुन्दरी पञ्चकोशी नाकदेव जेभी कम्पनीले एक करोड २४ लाख रुपियाँमा लिएको छ। 

२०८१ साल कात्तिक १४ गते भएको सम्झौताअनुसार कम्पनीले २०८२ साल वैशाख १५ गतेभित्र निर्माण सक्नुपर्ने प्रावधान थियो। उहाँले चर्को दबाबपछि सुरु गरिएको काम चार महिनासम्म रोकिँदा स्थानीयवासी र सवारी साधन आवागमन कष्टकर बनेको थियो।