• ६ असोज २०८२, सोमबार

पत्नीलाई घाइते बनाएर पतिले गरे आत्महत्या

blog

कोकिला ढकाल 

इलाम, असोज ६ गते । इलाम नगरपालिका –१ साँखेजुुङका ४५ वर्षीय प्रकाशचन्द्र राईले ४० वर्षीया पत्नी टीका मुखियालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । 

बायाँ हात र टाउकोमा चोट लागेकी मुखियालाई रक्से प्रहरी चौकीको टोलीले उद्धार गरी उपचारका लागि इलाम अस्पताल पठाएको छ । इलाममा उपचार हुुन नसकेपछि थप उपचारका लागि झापा रेफर गरिएको अस्पतालका अधिकारीको भनाइ छ । 

पत्नीलाई खुकुरी प्रहार गरी फरार भएका प्रकाशचन्द्रको भने खोजी गर्ने क्रममा घर नजिकै रुखमा झुुण्डिएर मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

बिहान ११ बजे भएको घटनापछि अहिले घटनाका विषयमा अनुसन्धानका लागि प्रहरी टोली त्यसतर्फ पठाइएको प्रहरी कार्यालयका एक अधिकारीले बताउनुभयो ।