• ६ असोज २०८२, सोमबार

फिल्म ‘मोना लिसा’ निर्माणको घोषणा

blog

काठमाडौँ, असोज ६ गते। भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा फिल्म ‘मोना लिसा (ब्लडी लभ) निर्माण हुने भएको छ। घटस्थापनाको अवसर पारेर निर्माण युनिटले सो फिल्म निर्माणको घोषणा गरेको हो। 

बी एन्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा निर्माण हुने फिल्मको लेखन तथा निर्देशन किङ योगीले गर्नुभएको हो। ठुलो बजेटमा निर्माण हुने भनिएको फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स इन्टरनेशनल स्टुडियोजले दिएको छ।

यसअघि ठुला–ठुला अन्तर्राष्ट्रिय फिल्ममा काम गरिसकेका प्राविधिक समूह संलग्न हुने भएकाले प्राविधिक पक्ष बलियो रहने अपेक्षा गरिएको छ।

हाल फिल्मको प्रारम्भिक तयारीसँगै कलाकार छनोट भइरहेको छ। कथा, शैली र भिजुअलमा नवीनपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको फिल्म सन् २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना निर्माण युनिटको छ।

सार्वजनिक गरिएको फिल्मको पहिलो झलक पोस्टरमार्फत फिल्मलाई ‘ब्लडी लभ’ (रगतिलो प्रेम) भन्ने ट्यागलाइन दिइएको छ। यसले फिल्ममा रोमान्स र एक्सनको अनौठो मिश्रण रहने विश्वास गरिएको छ।