• ६ असोज २०८२, सोमबार

ट्रक र पिकअप ठोक्कियो, चालक घाइते

blog

दुर्घटनामा परेका ट्रक र पिकअप भ्यान । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असोज ६ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुलनजिक सोमबार बिहान ट्रक र पिकअप ठोक्किँदा दुबै गाडीका चालक घाइते भएका छन् । 

लालबन्दी नगरपालिका –१७, रानिगन्जमा प्रदेश ३–०३–००१ ख ००६७ नम्वरको ट्रक र प्रदेश २–०१–००१ च ३८८ नम्वरको पिकअप गाडी आपसमा ठोक्किएर सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । 

बिहान साढे ४ बजेतिर भएको दुर्घटनामा ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका –४, का ३७ वर्षीय राजेन्द्र लामा र पिकअप भ्यान चालक सिरहाको कर्जन्हा नगरपालिका –४, का ३२ वर्षीय दुर्गा विक घाइते भएका लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो । 

प्रनि जोहारीका अनुसार दुवै घाइतेको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई बढी चोट लागेको छ भने पिकअप चालकको अवस्था सामान्य रहेको इन्स्पेक्टर जोहारीले बताउनुभयो ।