नौरते नेपाली
सिँजा (जुम्ला), भदौ २७ गते । जेनजी आन्दोलनको क्रममा जिल्ला कारागार जुम्लाबाट भागेका ४१ मध्ये ३० जना कैदिबन्दी अझै फरार अवस्थामा रहेका छन् । २४ गते राति जिल्ला कारागार जुम्लाबाट डिउटीमा रहेका प्रहरी र जेलरमाथि हातपात गरी भागेका कैदिबन्दी अझै फरार अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
फरारमध्ये बिहीबारसम्म ११ जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिन बाबु रेग्मीले बताउनुभाये । उहाँका अनुसार भदौ २५ गते दुई जना र २६ गते दुई जनालाई प्रहरीले नियन्त्रण्मा लिन फल भए पनि अन्य ३० जना फरार अवस्थामै रहेका छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राति हुलदङ्गा गरी जिल्ला कारगार जुम्लाबाट भागेका मध्य ६ जनालाई तत्काल प्रहरीले नियन्त्रणमा लिएर पुन कारागार भित्रै राखेको थियो । फरार रहेका बाँकि ३० जनाको खोजी कार्य भइरहेको प्रहरी प्रमुख रेग्मीले बताउनुभयो । जेनजी आन्दोलनको मोका छोपी भागेका कैदीबन्दीलाई पुन कारागारमा फर्किन उहाँले अनुरोध गर्नुभएको छ ।
यदि फर्किने अवस्था नभएको खण्डमा प्रहरीले नियन्त्रणमा लिनेका लागि बल समेत प्रयोग हुने सक्ने उहाँको भनाइ छ । कारागार जुम्लामा ९७ जना कैदीबन्दीमध्ये पाँचछ जना महिला र ९२ जना पुरुष कैदीबन्दी रहेका छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, नेमकिपाको पार्टी कार्यालय तोडफोड तथा आगजनी गरिएको छ । यसैगरी चन्दननाथ नगरपालिकामा समेत तोडफोड गरिएको छ ।