गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले थारू आयोगका सदस्य डा. उमाशंकर प्रसाद चौधरीको राजीनामा स्वीकृत गर्नुभएको छ । राष्ट्रपति कार्यालयका उपसचिव तथा सूचना अधिकारी अर्चना खड्का अधिकारीका अनुसार डा. चौधरीले थारु आयोगको ऐन, २०७४ दफा ४ को खण्ड (क) बमोजिम उक्त आयोगको सदस्यबाट भदौ २२ गते राजीनामा दिनुभएको थियो ।
राष्ट्रपति पौडेलले भदौ २३ गतेदेखि लागू हुनेगरी सो राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।