छविलाल पाण्डे
बुटवल, भदौ २३ गते। बुटवलदेखि भैरहवा क्षेत्रभित्र सोमबार अपरान्ह ४ बजेदेखि रातिको १० बजेसम्म कर्फ्यू जारी भएको छ।
जेनजीको प्रदर्शन बढ्दै गएपछि कर्फ्यू लगाइएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले कर्फ्यू आदेश जारी गर्नुभएको हो।
त्यसअघि सोमबार दिउँसो युवाको समूह जेनजी पुस्ताले रुपन्देहीको बुटवलमा पनि प्रदर्शन गरेको छ। प्रदर्शनमा सयौँ युवा सहभागी भएका थिए।
युवाले सरकारविरुद्ध आक्रोसपूर्ण नारा लगाएका थिए भने राजमार्ग चौराहाबाट सुरु भएको जेनजीको प्रदर्शन बुटवल उपमहानगरपालिकासम्म पुगेको थियो।
सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा उनीले देशभर प्रदर्शन गरेका हुन्।