काठमाडौँ, भदौ २२ गते। आज २२ औँ निजामती सेवा दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइएको छ ।
यस अवसरमा विभिन्न मन्त्रालय, विभाग र कार्यालयहरूले वृक्षरोपण, रक्तदान, सम्मान कार्यक्रम, अन्तरक्रिया र खेलकुद प्रतियोगिता आयोजना गरेका छन् ।
देशका सबै ७७ जिल्लामा स्थानीय प्रशासन र कर्मचारी सङ्घसंस्थाले पनि विशेष कार्यक्रम आयोजना गरी दिवसलाई उल्लासपूर्वक मनाइएको छ ।
कर्मचारी सङ्घहरूले निजामती सेवामा प्राविधिक आधुनिकीकरण र सेवाग्राहीमैत्री प्रवाहलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् ।
विभिन्न जिल्लाका तस्बिर : रासस