• १८ भदौ २०८२, बुधबार

बुटवलमाथि एनआरटीको सहज जित

blog

गोल गरेपछि एनआरटीका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, भदौ १८ गते । न्युरोड टिम (एनआरटी) ले एन्फा महिला लिग छनोट फुटबलमा बुटवल लुम्बिनी एफसीमाथि सहज जित निकालेको छ ।

च्यासल मैदानमा बुधबार भएको खेलमा एनआरटीले बुटवल लुम्बिनीलाई २–० गोलले हरायो । एनआरटीलाई जिताउन जुना तामाङ र प्रतीक्षा चौधरीले गोल गर्नुभयो । 

छनोट खेलमा १४ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूहको शीर्ष दुई टोली एन्फा लिगमा सोझै सहभागी हुने छन् । तेस्रो स्थानमा रहने दुई टोलीबिचको प्लेअफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।