• १८ भदौ २०८२, बुधबार

भन्सार छलीका सामान बरामद

blog

भन्सार छलीका सामान।

विनय कर्ण

सप्तरी, भदौ १८ गते। सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको भन्सार छलीका सामान भन्सारमा बुझाएको छ।

जिल्ल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार दिएको जानकारी अनुसार अवैध रुपमा भारतबाट भन्सार छली तथा चोरी पैठारीको समान र सवारी साधन जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको थियो।

साइकल तथा मोटरसाइकलमा ल्याउँदै गरेको कपडा र किराना समानका साथै सवारी साधनसहित नियन्त्रणमा लिएर भन्सारमा बुझाएको हो।

अवैध रुपमा भारतबाट ल्याउँदै गरेको सातलाख ६० हजार तीनसय ५५ रूपियाँ बराबरको नियन्त्रणमा लिइएका भन्सार छलीका सामान राजविराज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो।