सिराज खान
नेपालगन्ज, भदौ १८ गते । नरेन्द्र थापाको अध्यक्षतामा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरिएको छ ।
नेपालगन्जमा सम्पन्न भएको नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले बाँके निवासी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्ष (महिला) मा मोतिकला गुरुङ, उपाध्यक्षमा सन्तोष ओली, सचिवमा मनमोहन लम्साल, सहसचिवमा खुसीराम चौधरी, पूजा शर्मा, दिनेश सहानी र खिमबहादुर सोमै थापा तथा कोषाध्यक्षमा मनोज भण्डारी निर्वाचित हुनुभएको छ ।
त्यसैगरी कार्यसमितिको सदस्यहरुमा ईश्वरी भण्डारी, मीना खनाल, पूर्णप्रसाद डाँगी, मणिराम बटाला, लक्ष्मण घर्ती, चक्र मिलन क्षेत्री, सीमा तामाङ, विष्णुमाया कुमाल, सरस्वती जिसी, मङ्गलप्रसाद बर्मा, नामराज रानामगर, अञ्जना बुढामगर, खुमबहादुर घर्तीमगर, चेतना बुढामगर, घनश्याम थापा, सागर सोमै, सत्यमुनि शाक्य, नारायण जिसी र अनिल घर्तीमगर निर्वाचित हुनु भएको छ । सो समितिमा ९ जना सदस्य पछि मनोनीत गरिने जनाइएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष थापाले सङ्घले खेलकुदको विकास र नयाँ प्रतिभाको खोजीका लागि विशेष अभियान सञ्चालन गर्ने बताउनुभयो ।
सोही कार्यक्रममा ओलम्पियन सुरेन्द्र हमाल र पार्वती थापालाई सम्मान गरिएको थियो ।