• १८ भदौ २०८२, बुधबार

‘अन्त्येनारायणस्मृति’ लोकार्पण

blog

काठमाडौँ, भदौ १८ गते । कवि एवं पूर्वकानुन न्याय तथा संसदीय व्यवस्था सहायकमन्त्री दीनबन्धु अर्यालद्वारा लिखित काव्य कृति ‘अन्त्येनारायणस्मृति’ लोकार्पण गरिएको छ । हरिहर सत्संग सेवा समाज नेपालका संस्थापक अध्यक्ष स्वामी रामदासजीले उक्त कृति लोकार्पण गर्नुभएको हो ।

कायक्रममा प्राडा नवराज खतिवडा तथा प्राध्यापक कुलप्रसाद पराजुलीले विमोचित कृतिउपर समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा अर्जुन न्यौपानेले कवि अर्यालका केही कविता वाचन गर्नुभएको थियो  । कृतिमा लेखकले पूर्वीय सम्यता, धर्म र संस्कृतिको जगमा आत्मा, परमात्मा इहलोक, परलोक, धर्म, सत्य, कर्तव्य, राजनीतिक, सामाजिक क्षेत्रका विकृति विसङ्गतिमाथि व्यङ्ग्य गर्नुभएको छ ।