• १५ चैत २०८०, बिहिबार

चेस ओलम्पियाडका लागि खेलाडी छनोट

blog

ओलम्पियाड छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, असार ११ गते । भारतमा अयोजना हुने चेस ओलम्पियाडको ४४औं संस्करणमा सहभागि हुने नेपाली खेलाडीको टुंगो लागेको छ । काठमाडौंमा शनीबार सम्पन्न छनोट खेलबाट मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट हुनुभएको छ । 

प्रतियोगितामा मिलन र क्षितिजले ५ अंक पाउनुभयो । रुपेसले ४.५ अंक पाउनुभयो । बर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाई र शिर्ष वरीययताका विवेक थीङ स्वतः छनोट भइसक्नुभएको छ । 

यसैगरी, महिला तर्फ कृत्तीसरा अधिकारी, अनिसा न्यौपाने, बिनिता कपाली र शान्ती धिमाल छनोट हुनुभएको छ । कृत्तीसराले ५.५ , अनिसा र बिनिताले ५ तथा शान्तीले ४.५ अंक प्राप्त गर्नुभयो । राष्ट्रिय च्याम्पियन तथा शिर्ष वरीययताकी सुना लोहनी स्वतः छनोट हुनुभएको छ ।