• ७ वैशाख २०८१, शुक्रबार

'प्रेमगन्ज'को गीत 'माथि माथि' सार्वजनिक

blog

काठमाडौं, असार ११ गते । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र 'प्रेमगन्ज'को शीर्ष गीत 'माथि माथि आकाशमा' सार्वजनिक भएको छ । गीतमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाललाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ ।

चलचित्रको गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द रचना छ भने किरण भुसालको सङ्गीत छ । सुगम पोख्रेल र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई सञ्जय लामाले छायाङ्कन गर्नुभएको हो । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको लेखक पनि परिच्छेद सेन नै हुन् ।

फिल्ममा बेनिशा हमाल, तेज गिरीसँगै सुरक्षा पन्त, सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, पबन भट्टराई, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सन्जोग रसाइलीको आदि कलाकारको अभिनय छ । चलचित्रको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने भदौ ३ गते नेपाललगायत भारतका केही सहरमा चलचित्र एकसाथ प्रदर्शन हुँदैछ ।