• १२ वैशाख २०८१, बुधबार

छिरिङ शेर्पा र सरोज प्रजाको जोडीलाई 'डान्सिङ स्टार्स नेपाल'को उपाधि

blog

छिरिङ शेर्पा र सरोज प्रजा जोडी ।

काठमाडौं, असार ११ गते । टेलिभिजन रियालिटी शो 'डान्सिङ स्टार्स नेपाल'को उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति भएकाे ग्रान्ड फिनालेमा उपाधिसँगै यो जोडीले १५ लाख रुपियाँ पुरस्कार जित्नुभएको हो ।

यस्तै, प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै २ लाख रुपियाँ जित्नुभएको हो भने परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअपकाे उपाधि जित्नुभएकाे छ ।

विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाललले पुरस्कार र ट्रफी प्रदान गर्नुभएको हो । 

गत जेठदेखि सुरु भएको प्रतिस्पर्धामा १२ जना सेलिब्रिटी र कोरियोग्राफर जोडीले भाग लिएका थिए । गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई निर्णायक रहेको डान्सिङ स्टार्स नेपालको निर्देशन लक्ष्मण पौडेलले गर्नुभएको हो ।