• १० भदौ २०८२, मङ्गलबार

साविक विजेता लिभरपुलको कठिन जित

blog

गोल गरेपछि लिभरपुलका रियो एनगुमोह । तस्बिर : इएसपिएन

काठमाडौँ, भदौ १० गते । साविक विजेता लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ३–२ गोलले हरायो ।

लिभरपुलको जितमा रायन ग्रेभेनबर्चले ३५औँ ह्युगो एकिटिकेले ४६औँ र रियो एनगुमोहले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो । यस्तै न्युक्यासलका लागि ब्रुनो गुइमेरेसले ५७औँ र विलियम ओसुलाले ८८ मिनेटमा गोल गर्नुभएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा एन्टोन गोर्डनले रातो कार्ड पाउँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएको न्युक्यासलको हार टार्ने प्रयास अन्तिममा सफल भएन । जितसँगै लिभरपुलले ६ अङ्क बनाएको छ । पराजित न्युक्यासलको समान खेलबाट एक अङ्क छ । एजेन्सी