• १० भदौ २०८२, मङ्गलबार

मोटरसाइकल र अटो ठोक्किँदा एकको मृत्यु

blog

ठक्कर खाएको मोटरसाइकल र अटोरिक्सा ।

निशा राई 

धरान, भदौ १० गते । धरान उपमहानगरपालिकामा मोटरसाइकल र अटोरिक्सा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मङ्गलबार धरान –१४ विजयपुरस्थित पन्चकन्या मार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ह ६०२९ नम्बरको अटो र उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ३७ प ७९८६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक धरान –१४ बस्ने ३२ वर्षीय सन्दीप मगर गम्भीर घाइते भई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै प्रहरीले अटोचालक धरान –१४ बस्ने ३१ वर्षीय अविनाश तामाङलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो । 

मृतक चालकको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा राखिएको प्रहरीले जनाएको छ ।