• ६ भदौ २०८२, शुक्रबार

एनआरएनए भर्जिनिया च्याप्टरमा अभिजीत राई विजयी

blog

काठमाडौं, भदौ ६ गते । गैरआवासीय नेपालीहरूको संस्था एनआरएनए भर्जिनिया च्याप्टर अमेरिकाको हालै सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा ३५७ मतसहित अभिजीत राई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी गणेश पाण्डेले ३१० मत प्राप्त गर्नुभएको छ ।

उक्त निर्वाचनमा उपाध्यक्ष र महिला सचिव बाहेक सम्पूर्ण पदाधिकारी तथा बोर्ड अफ डाईरेक्टर पदमा अध्यक्ष राई प्यानलकै उम्मेदवारहरू विजयी हुनुभएको हो ।

निर्वाचन परिणाम अनुसार कार्यसमितिको पदाधिकारीहरू उपाध्यक्षमा सुन्दर शेर्पा, महिला उपाध्यक्ष रीना पण्डित, सचिव सुरेश अधिकारी, महिला सचिव ज्योति पाठक, कोषाध्यक्ष कमल भुषाल, युवा संयोजक सफल बानिया र महिला संयोजक पदमा रुजा तिवारी विजयी हुनुभएको छ ।

त्यसैगरी प्रवेश हुमागाई, संजीव ढकाल, हरिराम भण्डारी, विनोद बस्ताकोटी, मानव कल्याण पराजुली, हेमराज अधिकारी र कल्याण सापकोटाले निकटतम प्रतिद्वन्द्वीभन्दा अत्यधिक मत प्राप्त गरी बोर्ड अफ डाईरेक्टर पदमा विजयी हुनुभएको छ ।

साथै एनआरएनए अमेरिका एनसीसी को निर्वाचनमा भर्जिनियाबाट उम्मेदवार बन्नुभएका सुनीता खत्री नेपाल महिला उपसभापति पदमा र माधव गौतम बोर्ड अफ डाईरेक्टर पदमा अत्यधिक मतसहित विजयी भएको सो च्याप्टरले जनाएको छ ।