• १५ चैत २०८०, बिहिबार

सन्दर्भ : अन्तर्राष्ट्रिय योग दिवस

शारीरिक, मानसिक र आध्यात्मिक अभ्यास हो 'योग' : महानिर्देशक उपाध्याय

blog

काठमाडौं, असार ७ गते । पछिल्लो समय व्यस्त जीवनशैलीले गर्दा मानिसमा शारीरिक र मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेको छ ।  पहिले पहिले नेपाललगायत विश्वका विभिन्न देशहरुमा सर्ने रोगबाट मानिसहरुको बढी मृत्यु हुन्थ्यो भने आजभोलि त्यसको उल्टो नसर्ने रोगजस्तै मधुमेह, मुटुरोग, क्यान्सर, विभिन्न किसिमका मानसिक रोगका कारण मानिसको मृत्यु हुनेगरेको विभिन्न अध्ययनहरुले देखाएको छ । 

योगले नसर्ने रोगको नियन्त्रण तथा रोकथाम गर्न महत्वपूर्ण भुमिका खेल्ने  आयुर्वेद तथा वैकल्पीक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय बताउनुहुन्छ । योग भनेको शारीरिक व्यायाम मात्र नभई दिनचर्या रहेको डा. उपाध्यायको भनाइ छ ।  

डा. उपाध्यायकाअनुसार योग भनेको शारीरिक, मानसिक र आध्यात्मिक अभ्यास हो । शारीरिक र मानसिक रुपमा स्वस्थ्य रहन योग गर्न जरुरी रहेको डा. उपाध्यायले प्रष्ट पार्नुभयो । 

उहाँ भन्नुहुन्छ, “योगको समान्य अर्थ भनेको जोड्ने हो । आफ्नो शरीरभित्र रहेको आत्मालाई प्रमात्मासँग जोड्नुलाई योग भनिन्छ । मनलाई लोभ, इष्र्या, मोहमा जानबाट रोक्नु योगले  मद्दत गर्छ ।”

विश्व स्वास्थ्य सङ्गठनको सुझावअनुसार नसर्ने रोगबाट बच्न स्वास्थ्य जीवनशैली अपनाउने, तनावमुक्त रहनुका साथै शारीरिक व्यायाम गर्नुपर्छ ।  

पछिल्लो समय नसर्ने रोग बढ्दैगएकाले मानिसहरु स्वास्थ्यप्रति सचेत रहन थालेका छन् । आफूलाई स्वस्थ राख्न योगको माध्यम अपनाउन थालेसँगै देश तथा विदेशमा योगको महत्व बढ्दैगइरहेको छ ।  

जीवनमा स्वस्थ्य रहन धेरै रोजाइमा पर्ने गरेको योग के हो ?, स्वास्थ्य रहन योगको महत्व, योग कसले गर्ने, कसले नगर्ने, नेपालमा योगको अवस्था लगायत विषयमा विश्व योग दिवसको अवसरमा गोरखापत्र अनलाइनले  आयुर्वेद तथा वैकल्पीक चिकित्सा विभागका महानिर्देशक डा. उपाध्यायसँग पत्रकार सिर्जना खत्री, फोटोपत्रकार मनोजरत्न शाही र केशव गुरुङले गर्नुभएको भिडियो संवाद :–



Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।