गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २६ गते । वरिष्ठ पत्रकार तथा अध्यात्मचिन्तक आचार्य कमल रिजालको पाँचौँ औपन्यासिक कृति ‘शकुन्तला’ सार्वजनिक भएको छ । उपन्यासको पृष्ठभूमि पौराणिक आख्यान भए पनि हालसम्मको पौराणिक मान्यताभन्दा भिन्नै किसिमले उपन्यास लेखिएको रिजालले बताउनुभयो ।
उपन्यासमा हिन्दु समाजमा आदिम युगदेखि कायम रहेको मातृसत्तामाथि कहिलेदेखि पितृसत्ताले कब्जा जमायो र त्यसको कारण के हो भन्नेबारे सटिक विश्लेषण गरिएको छ ।
लेखक रिजालका अनुसार उपन्यासमा पाठकले समाजमा शताब्दीयौँदेखि विभिन्न बहानामा कायम रहँदै आएको बेथिति र वैमनस्यलाई हटाउँदै सुखी र समृद्ध समाज निर्माणको सूत्र फेला पार्ने छन् । उपन्यासले हिन्दु संस्कार र संस्कृतिभित्र विद्यमान अन्धविश्वास, कुरीति र कुसंस्कार चिर्न सहयोग गर्ने प्रकाशक शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले बताउनुभयो ।