काठमाडौँ, साउन १५ गते । हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजलाई लक्षित गरेर नयाँ तिजगीत सार्वजनिक गरिएको छ । नेपमेलोको आधिकारिक युट्युब च्यानलबाट ‘दर बनाइराछिन् आमा’ बोलको नयाँ तिजगीत सार्वजनिक गरिएको हो ।
साङ्गीतिक तथा सांस्कृतिक स्वाद बोकेको गीतमा विनिता खनालको शब्द रहेको छ । सङ्गीत संयोजन चर्चित सङ्गीतकार ताराप्रकाश लिम्बूले गर्नुभएको छ । गीतमा गायिकाहरू मेलिना राई र अनु चौधरीको स्वर रहेको छ ।
गीतको भिडियोमा मोडेल आस्मा विश्वकर्मा र अलिशा शर्मा देखिनुभएको छ । सान थापाको निर्देशन रहेको भिडियोमा राजीव सम्मरको कोरियोग्राफी, अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको छ ।