• १० मंसिर २०८१, सोमबार

बुद्ध अर्थात् शान्ति (कविता)

blog

त्रिविक्रम पाण्डे 

 

बुद्ध कहाँ लडाइँलाई जायज ठह-याउँछन्

बुद्ध यहाँ सधैँ शान्तिको बिगुल बजाउँछन्

झगडा कुनै समस्याको समाधान हुँदै हैन

बुद्ध यही कुरा निरन्तर मान्छेलाई बुझाउँछन् ।


अचेल मान्छे काँडा पनि बाटोमा मिल्काउँछन्

तर, बुद्ध बारम्बार दया प्रेम करुणा वर्षाउँछन्

विरही जिज्ञाशु बनेर गौतम त्याग्छन् दरबार

फर्किंदा आखिर महात्मा बुद्ध बनेर फर्किन्छन् ।


बुद्ध अलौकिक ज्ञानको ननिभ्ने दियो बाल्दछन्

बुद्धको सामु सारा ज्ञानी आफ्नो शिर झुकाउँछन्

अमरत्व पाए उनले अनेकौँ दैविक चमत्कार गरेर 

बुद्ध हिंस्रक अँगुलीमाललाई अहिंस्रक बनाउँछन् ।