• १० जेठ २०८१, बिहिबार

एसपीपी नेपाललाई स्वीकार छैन : परराष्ट्र मन्त्री खड्का

blog

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्नुहुँदै परराष्ट्र मन्त्री नारायण खड्का । तस्बिरः केशब गुरुङ्ग

काठमाडौं, असार ३ गते । परराष्ट्र मन्त्री  डा. नारायण खड्काले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपाललाई स्वीकार्य नभएको स्पष्ट पार्नुभएको छ । एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहान बसेको बैठकमा बोल्नुहुँदै परराष्ट्र मन्त्री नारायण खड्काले उक्त कुरा बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीको तहबाट र रक्षामन्त्रीबाट पनि नेपालका लागि एसपीपी स्वीकार छैन भनेर लिखित रुपमा स्पष्ट पारी सकेकाले एउटै विषयलाई बढी खोतलखातल नगर्न समेत आग्रह गनुृभयो । 

उहाँले मिडियामा जे विषय कुरा आए पनि त्यसमा सत्य छैन र नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने  स्पष्ट पार्नुभएको छ । बैठकमा बोल्नु हुँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले, को मन्त्री हुँदा पत्रलेखेको थियो र सम्झौता भयो भन्ने विषय मुख्यभन्दा पनि नेपालको परराष्ट्र नीतिमा छ कि छैन भन्ने विषय प्रमुख भएको बताउनुभयो ।